वाँके, २४ असोज । वाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । दुर्घटनामा परी ११ जना घाईते भएका छन । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस अनियन्त्रित भई बाँकेको राप्ती सोनारी गाउँपालिका १ लौकी खोलामा दुर्घटना भएको हाे।

Advertisement

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना यात्रु गम्भीर घाइते भएको प्रहरीले बताएको छ।  मंगलबार बिहान साढे १० बजेतिर बस सडकबाट १५ फिट तल खोलामा खसेको थियो।

मृतकको सनाखत हुँन वाँकी छ । मृतकमा एक महिला र एक पुरुष रहेको इलाका प्रहरी कार्यालय अमीलियाले जनाएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!