असोज, २ असोज । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै युभेन्टसले विजयी यात्रा कायम राखेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले सोसुओलोलाई ३–० ले हराएको हो ।

Advertisement

युभेन्टसको जितमा तीनै गोल पाउलो डिबालाले गरे । युभेन्टसबाट एक सयौं खेल खेलेका डिबालाले ह्याट्रिक गरे । अर्जेन्टिनी स्ट्राइकर डिबालाले १६, ४९ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

डिबालाले युभेन्टसबाट एक सय खेलमा ५२ गोल गरेका छन् । डिबालाले यो सिजनका चारै खेलमा गोल गरेका छन् । उनी लिगका सुरुका चार खेलमा गोल गर्ने युभेन्टसका पहिलो खेलाडी हुन् ।

उनले यो सिजन सिरी एमा ८ गोल गरिसकेका छन् । डिबाला युरोपका शीर्ष पाँच लिगमा सुरुका चार खेलमा ८ गोल गर्ने वायने रुनीपछिका पहिलो खेलाडी हुन् ।

रुनीले सन् २०११–२०१२ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट सुरुका चार खेलमा ८ गोल गरेका थिए । डिबालले यो सिजन लगातार दोस्रो पटक ह्याट्रिक गरेका हुन् ।

लगातार चार खेल जितेको युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वेनेभेन्टोलाई ६–० ले हराएको नापोली चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!