काठमाडौं, २ असोज । राप्रपा विभाजनसम्बन्धी मुद्दाको फैसला आउन ढिलाइ भएको छ । अदालतले  गत भदौ २६ गते अन्तरिम आदेश गर्ने सम्बन्धमा छलफलका लागि पेशी तोकेको थियोे ।

Advertisement

तर, २६ गतेको पेशीमा इजलास स्थगित भएपछि अर्को पेशीमा न्यायाधीश चोलेन्द्र शमशेरको इजलासमा मुद्दा पर्यो । २६ गतेको पेशी अगावै प्रतिवादी र न्यायाधीशको नाताका कारण हेर्न नमिल्ने आदेश भएपनि पुनः राणाकै इजलासमा पारियो, त्यसपछि २९ गतेको निवेदन पेशीमा प्रधानन्यायाधीश र न्यायाधीश मीरा खड्काको इजलासमा निवेदन पेशीउपर सुनुवाइ भई आदेश भएको व्यहोरा सर्वोच्चको वेभसाइटमा उल्लेख छ ।

तर, त्यसमा के आदेश भएको छ भन्ने फाइलमा उल्लेख गरिएको छैन । निवेदकका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता रामबहादुर शाहले भाद्र २९ गते भएको आदेश मिसिलसाथ संलग्न भइ मुद्दाको कारबाही अगाडि बढाउनुपर्नेमा असोज २ सम्म पनि आदेश मिसिलसाथ प्राप्त नभएको भन्दै अन्तरिम आदेश सम्बन्धि छलफल तत्कालै गर्नुपर्ने भएपनि यथास्थितिमा राखेर मुद्दाको सुनुवाईमा बिलम्ब भएको बताए ।

 उनले म्याद तामेली कार्य रोकिएको, वतन खुलाएको निवेदन दर्ता नभएको, २९ गतेको आदेश मिसिलमा प्राप्त नभएसम्म म्याद तामेली नहुने र मुद्दा पेशीमा नजाने भएकाले अन्यौल भएको पनि बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!