ओखलढुङ्गा।  ओखलढुङगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का ५१ बर्षिय चन्दप्रसाद काफ्ले विगत ५ दिनदेखि बेपत्ता भएका छन् ।

Advertisement

गत भदौ २६ गते बिहानबाट वेपत्ता भएका काफ्ले ५ दिन बित्दा पनि सम्पर्कमा नआएपछि परिवारमा रुवावासी भएको छ । एक छोरा र श्रीमतिसँग बस्दै आएका काफ्लेको खोजबिन गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।

उनि बेपत्ता भएपछि इलाका प्रहरी कार्यलय बरुणेश्वरमा निवेदन दिएपनि प्रहरीले खोजीमा सक्रियता नदेखाएको उनका छोरा तुलसीराम काफ्लेले बताए ।

आसपासका गाउँमा छिमेकी र आफन्तले खोजविन गर्दा समेत नभेटिएपछि परिवारमा रुवावासी भएको दाई पुन्यप्रसाद काफ्लेले बताए ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!