रोल्पा, ३० भदौ। रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।

सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए ।

Advertisement

वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् ।

शनिबार आयोजित थवाङमा गाउँसभा उदघाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले, कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा लगायत दलको गठबन्धनलाई पराजित गरेका थिए । -अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!