एजेन्सी। चक्रवात आँधी इरमाको बाहिरी आवरण अमेरिकाको फ्लोरिडाको तटसँग ठोक्किएको छ ।

Advertisement

फ्लोरिडाका गर्वनर रिक स्कटका अनुसार फ्लोरिडा किजमा २ सय किलोमिटर प्रतिघण्टाको गतीमा हावा बहिरहेका छन् ।

हज्जारौं जनता आपत् शिविरमा आश्रय लिइरहेका छन् भने हज्जारौं घरमा बिजुलीको आपूर्ती बन्द छ ।

अटलान्टिकमा इरमा सँगसँगै चक्रवातीय आँधी होसे पनि छ । यो चौथो श्रेणीको आँधी हो जससँगै २ सय ३३ किलोमिटर प्रतिघण्टाको गतीमा हावा बहिरहेको छ ।

मौसम विभागः

क्यारेबियाली क्षेत्रमा फ्रेन्च द्वीप सेन्ट मार्टिन्स र सेन्ट बार्थेलेमीमा इरमापछि चक्रवातीय आँधी होसको खतरा बढिरहेको छ ।

अहिले यी द्वीपमा हाई अलर्ट जारी गरिएको छ । फ्रान्सको मौसम विभागका अनुसार यो स्थिती निकै खतरनाक छ ।

इरमाको स्थिती देखेर अमेरिकाको फ्लोरिडाको सरकारले आफ्ना जनतालाई घर छोडेर सुरक्षित स्थानमा जानका लागि आग्रह गरेको छ ।

चक्रवातीय आँधीः

फ्लोरिडाका गर्भनर रिक स्कटले सुरक्षित स्थानमा जानका लागि अहिले पनि कुनै ढिलाई नभएको बताएका छन् ।

चक्रवाती आँधी इरमाबाट सबैभन्दा धेरै टेम्पा र सेन्ट पिटर्सबर्ग शहर प्रभावित भएको आशंका जताइएको छ ।

३० लाखभन्दा बढि जनसंख्या भएको टेम्पा बे एरियामा सन् १९२१ पछि कुनै ठूलो चक्रवातीय आँधी आएको छैन ।

यी इलाकामा इरमाका साथै सोमबार समुन्द्रमा ठूलो छालाको आशंका जताइएको छ ।

गभर्नर रिक स्कटका अनसार इरमाका कारण तटीय इलाकामा १२ फिट अग्लो समुन्द्री छाल उठ्नसक्छ र मानिसहरु यसको अगाडि टिक्न सक्दैनन् ।

मिसामी सिटी र ब्रोवार्ड काउन्टीमा कर्फ्यू लगाइएको छ ।

फ्लोरिडामा इरमा आइतबार तटसँग ठोक्किनुपूर्व यसको असर सुरु भएको छ, मियामीमा भारी वर्षा सुरु भएको छ ।

दक्षिणमा स–साना द्वीपको कडा फ्लोरिडा किज इलाकामा केही नोक्सानीको पनि खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!