डोल्पा । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ ।

स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा सुचारु गरिएको हो ।

Advertisement

हवाई बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महान चाड दसैँको अवसरमा दैनिक उपभोग्य सामग्री ढुवानीका साथै आवतजावतमा हुने समस्यालाई मध्यनजर राख्दै बाँकी १० प्रतिशत काम जहाज चल्दै गर्दा समय व्यवस्थापन गर्ने सर्तमा विमानस्थल सुचारु गरिएको आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिनुभयो ।

विमानस्थलको जम्मा ५६० मिटर कालोपत्रेमध्ये धावन मार्गको ५५ मिटर र पार्किङको काम मात्र काम बाँकी रहेको शाहीको भनाइ छ ।

आयोजना प्रमुख शाहीका अनुसार धावन मार्गको ५५ मिटर कालोपत्रेको काम गर्दै गर्दा रुलर मेसिन बिग्रेकाले काम रोकिएको हो । मेसिन मर्मतपछि केही दिनमै काम सुचारु गरिने उहाँले बताउनुभयो ।

बिहानको जहाज आउने समयमा पार्किङको काम गर्ने र जहाज गइसकेपछि दिउँसो धावन मार्गको काम सञ्चालन गर्ने योजना रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!