बार्सिलोना । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ ।

Advertisement

अर्जेन्टिनी खेलाडीको पहिलो हाफको पेनाल्टी आलाभेसका गोलकिपर फर्नान्डो पाचेकोले बचाउ गरेका थिए ।

खेलको दोस्रो हाफको शुरुवातसँगै उनले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

उनले ह्याट्रिक पूरा गर्ने अवसर पाए पनि २० यार्ड टाढाबाट गरेको प्रहार पोष्टमा लाग्न पुगेको थियो ।

उनले योसँगै क्लबका लागि किर्तिमानी ३५१ गोल पूरा गरेका थिए ।

अब एक खेलाडीले युरोपको शीर्ष पाँच लिगमा गर्ड मुलरले बनाएकोे ३६५ गोलको किर्तिमानबाट मात्र १४ गोल टाढा गरेका छन् ।

खेलमा बार्सिलोनाले यस सिजन अनुबन्ध गरेका पाउलिन्होले पनि डेब्यु गरेका थिए ।

२ खेलपछि ६ अंकसहित बार्सा लिगको दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रियल सोसिडाड समानअंक सहित रहेको छ ।

हिजै भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिडले लास पालमासलाई ५–१ गोलअन्तरले हराउँदै लिगको पहिलो जीत निकालेको छ ।

एथ्लेटिकोलाई जित दिलाउन कोकेले दुई तथा एन्जल कोरेया, यानिक कारास्को र थोमास पार्टलेले एक–एक गोल गरे ।

पालमासका लागि एक मात्र गोल जोनाथन कालेरीले गरे ।

यता, जिरोनाले मालागालाई १–० ले गोल अन्तरले पराजित गर्यो भने लेभान्ते डिपोर्टिभोसँग २–२ को बराबरीमा रोकिएको छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!