गुजरात । बलात्कारपछि गर्भवति बनेकी १० वर्षीया बालिकाले छोरीलाई जन्मलाई दिएकी छिन् । गत महिना सर्वोच्च अदालतले ती बालिकाका मातापिताले गर्भपतन गर्नका लागि दिएको याचिना खारेज गरेको थियो ।

Advertisement

२.५ केजी तौल भएको शिशुको जन्म सिजेरिज सेक्सनबाट चन्दीगढस्थित अस्पतालमा भएको बताइएको छ ।

तर, बालिकालाई अझै पनि उनले छोरीलाई जन्म दिएको कुरा बताइएको छैन । गर्भवति हुँदा उनलाई उनको पेटमा ढुंगा रहेको बताइएको थियो ।

बिबिसीका अनुसार आमा र छोरी दुवैको अवस्था सामान्य रहेको छ । बालिकालाई उनकै आमाको भाईले ७ महिनासम्म यौनशोषण गरेको आरोप परिवारले लगाएको छ ।

गत जुलाईमा उनले पेट दुखेको बताएपछि जचाउँदा मात्र उनी गर्भवति भएको पत्ता लागेको थियो । गर्भवति रहेको थाहा पाएपछि परिवारले अदालतमा गर्भपतनका लागि याचिका दायर गरे पनि गर्भ रहेको २० हप्ता पार गरेको कारण यसले बालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै त्यसलाई खरोज गरिएको थियो ।

३५ हप्तामा नै शिशुको जन्म भएको कारण उनलाई सघन कक्षमा राखिएको छ । त्यसपछि उनलाई अनाथआश्रममा पठाइने जनाइएको छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!