म्याड्रिड । रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाइनु अत्याचार भएको बताएका छन् ।

Advertisement

स्पेनिस सुपरकपमा बार्सिलोनाविरुद्ध ३–१ को जीत निकाल्दा रोनाल्डोले रातो कार्ड पाएका थिए । उनलाई दुई पहेँलो कार्डका लागि एक खेल तथा रेफ्रीलाई धकेलेको कारण थप चार खेलमा प्रतिबन्ध लगाइएको थियो । उनले एउटा पहेँलो सर्ट खोले बापत र अर्को डाइभ गरेको आरोपमा पाएका थिए ।

३२ वर्षीय खेलाडीले प्रतिबन्धविरुद्ध अपिल गरे पनि त्यसलाई खारेज गरिएको थियो ।

रोनाल्डोले बुधबार रातीको भएको सुपरकपको दोस्रो लेग गुमाएका छन् भने अब २० सेप्टेम्बरमा रियल बेटिसविरुद्ध हुने खेलमा मात्र फर्कन पाउनेछन् । यद्यपि, यसबीचमा च्याम्पिन्स लिगका खेलमा भने खेल्न पाउनेछन् ।

अपिल खारेज भएपछि इन्सटाग्राममा पोष्ट गर्दै उनले लेखेका छन्, ‘यो अतिशयोक्तिपूर्ण र हास्यास्पद छ । यसलाई अत्याचार भनिन्छ ।’

यो रोनाल्डोको करियरको १० औँ रातोकार्ड हो ।एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!