संगालोखबर सम्वाददाता

काठमाडौँ । आइतवार दिइदै आएको विदा खारेज भएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी विदा खारेज गर्ने निर्णय गरेको हो ।

Advertisement

इन्धन खपत कम गर्न भन्दै सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सो निर्णय जेठ १ गतेबाट कार्यान्वयनमा आएको थियो ।

सो निर्णय अब्यवहारिक भएको भन्दै आलोचना बढेपछि सरकार पछि हटेको हो । दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!