संगालोखबर सम्बाददाता

विराटनगर । केशलियामा कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत संघीय सरकारले बजेट विनियोजन गरेको हो ।

Advertisement

केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहवी नगरपालिका र बर्जु गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो । नदीको दुबै किनारमा कोरिडोर निर्माण गरी बस्ती संरक्षण गर्न बजेट विनियोजन भएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

कोरिडोर निर्माण अन्तरगत प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले डीपीआर तयार गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग आग्रह गरिसकेको छ । विराटनगर महानगरले पनि केशलियामा तटबन्ध गर्ने बताउँदै आएको थियो । बजेट विनियोजनसँगै कोरिडोर निर्माणको काम अघि बढ्ने आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताए । ‘विपदबाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसनसहितको कोरिडोर निर्माणको काम अघि बढ्दै छ ।’ मन्त्री कार्कीले भने, त्यसका लागि डीपीआरको काम अघि बढेको छ ।’

प्रदेश सरकारले पनि यस योजनालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर लाने मन्त्री कार्कीले बताए । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपदबाट मुक्त हुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यटनको विकासमा टेवा पुग्ने छ ।

भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद नेपाल भ्रमणमा रहँदा मन्त्री कार्कीले कोरिडोर निर्माणका लागि छलफल गरेका थिए । यस्तै योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो लगायतसँग पनि अवलोकनसहित कोरिडोर निर्माण गर्नका छलफल भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!