काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादातादेखि संसदीय समितिको एउटै निष्कर्ष छ – जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो ।
सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्यो ।
भ्रष्टाचार अभियोग लाग्नासाथ प्रमाण नष्ट गर्न सक्ने भन्दै सम्बन्धित अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने परम्परा छ ।
तर, निगमका कार्यकारी निर्देशक खड्का नियमित कार्यालय आएर काम गरिरहेका छन् । सरकारी अधिकारी र सांसद् भन्छन्, ‘करोडौं घोटालाको आरोप लागेका खड्का राजनीतिक नेतृत्वको संरक्षणकै कारण अझै निलम्बनमा परेका छैनन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।