रौतहट । रौतहटको डुमरिया इलाका प्रहरी कार्यालयका एक प्रहरी जवान कार्यकक्षभित्रै महिलासँग शारिरीक सम्पर्क राखिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । ड्युटीमा रहेका प्रहरी जवान मनोज महतो बर्दीमा नै गाउँकै एक महिलासँग शारिरीक सम्पर्क राखिरहेको अवस्थामा फेला परेका हुन् ।

Advertisement

रौतहट प्रहरीले प्रहरी जवानसहित ती महिलालाई हिरासतमा लिएर कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

बसन्तपुरमा विजया दशमीको उपलक्ष्यमा लागेको मेला हेरेर राति करिब साढे १० बजे फर्किंदै गरेकी गाउँकै एक महिलासँग पहिलाको चिनजान भएकाले सेन्ट्री ड्युटीमा रहेका मनोज महतोले गफगाफ गरिरहेको बेला गाउँका मान्छेहरु आएर समातेको दावी प्रहरीले गरेको छ ।

तर स्थानीयबासीले भने होटल र लजमा वेश्यावृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मार्ने प्रहरी स्वयम् आफ्नो कार्यालयभित्रै यौनधन्दामा लागेको भन्दै आरोप लगाएका छन् । स्थानीयबासीले प्रहरी जवान महतोलाई कारबाहीको माग राख्दै २ घण्टासम्म प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।

प्रहरी जवानसँग रंगेहात समातिएकी भनिएकी ति महिला वेश्यावृतीमा संलग्न रहेको स्थानीयको दाबी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!