काठमाडौं, ३१ भदौ । मलेसियामा जारी यु–१९ एसियाकप क्रिकेट छनौट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियाबाट १ सय २२ रनको लक्ष्य पाएको छ ।

Advertisement

टस हारेर पहिलो ब्याटिङ गरेको  मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भयो ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने । उनले ५ विकेट लिए भने पवन सर्राफले २ , रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले १–१ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
आजको खेलमा जित निकाल्न सके नेपालले उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेपर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!