संगालोखबर सम्वाददाता

धनकुटा, २१ भदौ । ‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने नाराका साथ पूर्वका बिभिन्न जिल्लामा भदौ अन्तिमबाट ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ छनौट थालिने भएको छ ।

Advertisement

पूर्वाञ्चल बागीना कला केन्द्र धरानको आयोजनामा गायन प्रतिभाको खोजि थालिने भएको हो ।

पूर्वका ताप्लेजुङ पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, सोलुखुम्वु, ओखलढुंगा र सुनसरीमा पहिलो चरणको अडिसन हुँने आयोजकले जनाएको छ ।

भदौ ३० गते ताप्लेजुङबाट सुरु हुँने पहिलो चरणको अडिसन असोज ३१ गते सुनसरीमा पुगेर पुरा हुँनेछ ।

धनकुटामा भने असोज १० गते अडिसन आयोजना गरिएको ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ का धनकुटा ब्यावस्थापक हेमु स्मृती चोङवाङले संगालोखबरलाई जानकारी दिईन् ।

उनका अनुसार यसअघि चार पटक ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ छनौट गरिएको थियो । अव बिजेता बन्ने ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’–५ हुने चोङवाङले बताईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!