क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र
कञ्चनपुर, १४ माघ। राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ ।
अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहाद...





























