रासस

रुकुम, १२ माघ।  जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो ।

Advertisement

उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै सम्पर्क गरे तर पाउन सकेनन् ।

एम्बुलेन्स नपाएपछि खनाललाई रु आठ हजारमा एउटा जिप रिजर्भ गरेर खलंगा ल्याउनुप¥यो । “यो नगरेसम्म श्रीमतीको उपचार सम्भव हुने भएन, कतै पनि एम्बुलेन्स नपाए पछि जिप रिजर्भ गरेर जिल्ला अस्पतालमा ल्याउनुप¥यो” विमलाका श्रीमान् आदर्श खनालले भन्नुभयो ।

यो समस्या उहाँको मात्र नभई केही महिनादेखि रुकुमेलीको साझा समस्या बनेको छ । रुकुम पश्चिम जिल्ला अहिले एम्बुलेन्सविहीन भएको छ । बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्सको मर्मत तथा नयाँ एम्बुलेन्सको व्यवस्था नहुँदा बिरामीले सास्ती भोग्न बाध्य भएका छन् ।

यसरी जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामी ओसारपसारमा समस्या देखिएको छ । एम्बुलेन्स नहुँदा गाउँबाट बिरामीलाई जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट बाहिर रिफर गरिएका बिरामीलाई लैजान समस्या हुने गरेको हो । रुकुम पश्चिममा यसअघि जिल्ला अस्पताल र नेपाल रेडक्रश सोसाइटीको गरी दुईवटा एम्बुलेन्स थिए । तर यतिबेला भने ती दुवै एम्बुलेन्स बिग्रिएर थन्किएपछि यस्तो समस्या सिर्जना भएको हो ।

जिल्लामा भएको एम्बुलेन्स बिग्रिएकाले यस्तो समस्या भएको स्वीकार्दै अब छिट्टै मुसिकोट नगरपालिकाले नयाँ एम्बुलेन्स ल्याउने प्रक्रिया थालिसकेका कारण त्यति बेलासम्म समस्या रहने जिल्ला अस्पताल, सल्ले, रुकुम पश्चिमका प्रमुख डा सविन पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका बाँफिकोट गाउँपालिका र चौरजाहारी नगरपालिका पनि छिट्टै एम्बुलेन्स खरिदको प्रक्रियामा रहेकाले छिट्टै यसको समस्या समाधान हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!