इलाम, १६ माघ।  इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ ।

Advertisement

सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक/एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो ।

प्रथम नगरसभाबाट स्वीकृत आव २०७४/०७५ को बजेट तथा कार्यक्रम अनुसार सुत्केरी महिलालाई दिइने सुत्केरी सुविधाबाट इलाम नगरपालिका क्षेत्रका २२ जना महिला लाभान्वित भएका हुन् ।

सुत्केरी सुविधा प्राप्त गर्नका लागि इलाम नगरपालिका क्षेत्रमा स्थायी बसोबास भएको हुनुपर्ने, बच्चाको जन्मदर्ता भएको हुनुपर्ने, सुत्केरी सुविधा प्रत्येक वडाको महिला सदस्यले सिफारिश गरेपछि मात्र पाउने र सुत्केरी भएको एक महिनाभित्रमा सुविधा लिई सक्नुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ । यसो गर्दा बालबालिकाको तत्काल जन्मदर्तासमेत सुनिश्चित हुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताउनुभयो ।

इलाम नगर कार्यपालिकाको गत साउन ५ गते सम्पन्न पहिलो बैठकको निर्णयानुसार इलाम नगरपालिकामा विगतमा उपलब्ध गराइएको सुत्केरी सुविधा कार्यक्रमलाई पुनः उपलब्ध गराउने निर्णयअनुरुप सुत्केरी महिलालाई प्याकेज प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!