Avatar photoSangalo Khabar

रामपुर, पाल्पा, ११ माघ। पाल्पामा ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

जिल्लाको रामपुर र तानसेन नगरपालिकासँगै निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाहुँ गाउँपालिका र रम्भा गाउँपालिकामा गरी ५९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

रैनादेवी छहरा गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा सामुदायिक स्वास्थ्य एकाइ, रिब्दिकोट गाउँपालिकामा सात वटा स्वास्थ्य चौकी, दुई वटा सामुदायिक स्वास्थ्य एकाइ र रामपुर नगरपालिकाको रामपुर अस्पताल, तानसेन नगरपालिकामा रहेको जिल्ला अस्पताल पाल्पा गरी २१ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी रहेका गाउँपालिकामा पनि अब छिट्टै कार्यालयले स्वास्थ्य संस्था हस्तान्तरण गर्ने क्रममा रहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement