रासस

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ ।

अस्पतालको १०औँ वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्या, १७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न अस्पतालको उद्घाटन गर्नुभएको हो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ्य हुन पाउनुपर्छ भन्ने बिपीको चाहनालाई अस्तपालले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नेपाली जनताले स्वस्थ्य सेवा पाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले संघीय संरचनामा मुलुकलाई रुपान्तरण गर्ने क्रममा आफू नेतृत्वको सरकारले जनसवालका विषयमा निर्णय गर्न नपाएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा आचारसंहिताका कारण काम गर्न पाइएन ।”

प्रधानमन्त्री देउवाले आफू देश, जनता र प्रजातन्त्रका लागि समर्पित भएको उल्लेख गर्दै आगामी दिनमा पनि उक्त कार्यमा विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्वस्थ्य जनशक्ति तयार गर्न बिपी स्मृति अस्पतालले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै आफूले अस्पताललाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले आफूले बिपी स्मृति अस्पतालको स्थापनादेखि निरन्तर सहयोग गर्दैै आएको उल्लेख गर्दै आगामी दिनमा अस्पतालले उच्चकोटीको सेवा दिने बताउनुभयो ।

अस्पतालका अध्यक्ष केदारनरसिंह केसीले अस्पतालबाट आधुनिक सेवा उपलब्ध हुने विश्वास दिलाउनुभयो । अस्पतालका महासचिव महेश्वर शर्मा पौडेलले दशौँ वार्षिक साधारणसभाको वार्षिक प्रतिवेदन पेश गर्नुका साथै आगामी वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!