Avatar photoSangalo Khabar

काठमाडौँ, ८ माघ । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा भइरहेको सम्मेलनमा नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता छ ।

Advertisement

‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित हुने पाँच दिने सो सम्मेलनको नेपाली काँग्रेसकी नेत्री आरजु राणाले उद्घाटन गर्दै सुरक्षित मातृत्वसम्बन्धी अझै जनचेतना आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिकित्सा विद्यार्थीले यो विषय रोजेकामो म निकै प्रभावित छु, अहिलेका विद्यार्थी निकै अगाडि छन्, अहिले चिकित्सा शिक्षा र उपचार पद्धतिले पनि निकै फड्को मारिसकेको छ ।”

नेत्री राणाले नेपालको संविधानले स्वास्थ्य अधिकारलाई मौलिक हककारुपमा राखेको उल्लेख गर्दै प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व अधिकार विधेयक ल्याउनका लागि स्वास्थ्य मन्त्रालयले मस्यौदा तयार गरिरहेको छ र अब आउने संसद्ले त्यो विधेयक पारित गर्नेछ भनी विश्वास लिएकीे छु भन्नुभयो ।

नेपालमा मातृ तथा नवजात शिशुको उपचार सेवा अहिले पनि सहज नभएका सन्दर्भमा उक्त विषय निकै सान्दर्भिक रहेको पनि उहाँले बताउनुभयो ।

एसोसिएनका अध्यक्ष डा सन्तोष उपाध्यायले चिकित्सा विद्यार्थीले गर्ने यो सबैभन्दा ठूलो सम्मेलन भएको बताउनुभयो ।

एसियाली मुलुकका चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीबीच आ–आफ्नो देशमा भइरहेको अध्यापन विधि, सिकाइ प्रक्रियाबारे आपसमा अन्तक्र्रिया गर्ने, स्वास्थ्यसम्बन्धी विभिन्न समस्यामाथि छलफल गरी समाधानका उपाय निकाल्ने, एकअर्काको ज्ञान साटासाट गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।

वर्षको दुईपटक हुने यसप्रकारको सम्मेलन गर्ने नेपाल पहिलो एसियाली मुलुक भएकाले यो हाम्रो लागि महत्वपूर्ण अवसर भएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल, विश्व स्वास्थ्य संगठनको समवन्यमा हुन लागेको सो सम्मेलनमा विभिन्न राष्ट्रका विद्यार्थीले तयार पारेका आठवटा अनुसन्धानात्क कार्यपत्र र दृश्य सामग्री पनि प्रस्तुत हुनेछ ।

सम्मलेनमा विश्व स्वास्थ्य संगठन नेपालकी डा मीरा थापा, बालरोग विशेषज्ञ डा रमेशकान्त अधिकारी र डा सुधा बस्नेत, स्त्रीरोग विशेषज्ञ डा पद्मराज पन्त र डा अर्चना अमात्य, रक्तरोग विशेषज्ञ डा विशेष पौडेल, अर्बुद रोग विशेषज्ञ डा विशाल ज्ञवालीलगायतका चिकित्सकले प्रशिक्षण दिनुहुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement