संगालोखबर सम्बाददाता

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा कडाइ गरिने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको आज बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि थप कडाई गर्ने निर्णय गरेको हो ।

Advertisement

संक्रमण बढी देखिएका क्षेत्रहरुलाई सिल गर्ने निर्णय पनि बैठकले गरेको छ । जसअनुसार टेकु, महाबौद्ध क्षेत्र सिल गरिने भएको छ । सपिङ मल तथा व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए÷नभएको अनुगमन गरी नभएकालाई बन्द गरिने भएको छ ।

आइतबारदेखि अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू पनि दुई साताका लागि स्थगित गरिने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!