राप्रपा अध्यक्षका लागि मतदान सुरु, थापा र राणा चुनावी मैदानमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशमा अध्यक्ष चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा छन् । पहिलो भोट अध्यक्षका उम्मेदवार राणाले खसाले भने लगतै डा. प्रकाशचन्द्र लोहनीले मतदान गरेका छन् ।
राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । डा. प्रकाशचन्द्र लोहनी निकट राणाको उम्मेदवारीले थापालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास असफल भएको...
