काठमाडौं । स्ववियु चुनाव फेरी सरेको छ । पूर्वनिर्धारित मिति अर्थात फागुन १४ मा स्ववियुको चुनाव गर्न गाह्रो हुनेभन्दै १९ लाई सारिएको छ । स्ववियू निर्वाचन स्थगनको माग गर्दै आएका असन्तुष्ट विद्यार्थी संगठनलाई चुनावमा सहभागी गराउन चुनाव पाँच दिन पछि सार्ने सहमति प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच भएको छ ।

Advertisement

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने बताए । न्यौपानेका अनुसार असन्तुष्टपक्ष चुनावमा सहभागी हुने सुनिश्चता गरेपछि मात्र निर्धारित मितिको चुनाव सार्ने सहमति बनेको हो । यद्यपी यसको अन्तिम निर्णय भने त्रिभुवन विश्वविद्यालयले गर्नेछ ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो ।

त्रिभुवन विश्वविद्यालयले आज दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । त्यहीँबाट त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!