काठमाडौं । साढे चार बर्षअघि साउदी अरबमा मृत्यु भएका हिलेदेवी ५ रापेछापका ४९ बर्षीय बमबहादुर तामाङको शव बुधबार साँझ स्वदेश आइपुगेको छ । उनको सन् २०१२ अगस्ट ९ मा उपचारको क्रममा दमाम मेडिकल कम्प्लेक्समा मृत्यु भएको थियो ।

सबै रेकर्ड धनबहादुर तामाङको नाममा रहेकोले शव स्वदेश पठाउन ढिलाइ भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । धनबहादुर र बमबहादुर घर फिर्नका लागि दमामस्थित डिपोर्टेसन सेन्टरमा गएका थिए ।

Advertisement

धनबहादुर प्रक्रिया पुरा गरेरै जेलबाट स्वदेश फिरे । बिरामी परेर बमबहादुरलाई अस्पताल लगियो तर अस्पतालमा बमबहादुरको नाममा नभई धनबहादुरको नाममा शव थियो । आजको कान्तिपुरमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!