काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न अर्को आदेश दिएको छ ।

Advertisement

आफूलाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रीटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई पदस्थापन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

साथै चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय ८ गतेभित्र पेश गर्न आदेश दिएको अनलाइन खवरमा समाचार छ । रीट निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, तुलसी भट्ट, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरेका थिए ।

प्रधानन्यायाधीश कार्कीकै एकल इजलासले आइतबार मात्र चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!