काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबार बहस हुन सकेन ।

Advertisement

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो । तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन सकेन ।

अब आजै म्याद तामेली हुने र मंगलबार बहस हुने रिट निवेदक कपिलदेव ढकालले बताए ।

ढकालले दायर गरेको रिटमा सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र कार्यमूल्यांकन प्रतिवेदन तीन दिनभित्र बुझाउन भनेको थियो । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!