काठमाडौं । सरकारले प्रहरी नियमावली संशोधन गर्दै एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले, सर्वोच्च अदालतले आईजीपी नियुक्तिको बाटो नखुलुन्जेसम्मका लागि एआईजी डा. पोखरेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । उनी प्राविधिकतर्फका एआईजी हुन् ।

Advertisement

बैठकमा केही मन्त्रीले प्राविधिकलाई निमित्त दिने नजर बस्ला कि भन्ने प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यो एक पटकका लागि भएको बताएका छन् । तर, संशोधनमा त्यस्तो शब्द भने परेको छैन ।

एक मन्त्रीका अनुसार मन्त्रीहरुले यो निर्णय पनि अदालतले उल्टाउने त होइन भन्ने प्रश्न पनि गरेका थिए । उनले भने, प्रधानमन्त्रीले सबै प्रक्रिया पुर्‍याएर गरिएको छ । त्यस्तो हुँदैन भन्ने विश्वास दिलाउनु भएको छ ।’

सरकारले शुक्रबार नै डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, सवोर्ेच्चले यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।

निवर्तमान प्रमुख उपेन्द्रकान्त अर्यालले पनि सोमबार साँझ अवकास पाएका छन् । उनी प्रहरी प्रधान कार्यालयबाट औपचारिक रुपमा विदा भइसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!