नयाँ म्यानपावर खोल्न लाइसेन्स खुल्यो, व्यवसायी भन्छन्- १० लाख घुस दिए तुरुन्तै पाइन्छ
काठमाडौं । वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर संचालनका लागि लाइसेन्स खोलेको छ । सुर्यमान गुरुङले श्रम तथा रोजगार मन्त्री सम्हालेको ६ महिनापछि विभागले नयाँ लाइसेन्स खालेको हो । नयाँ म्यानपावर खोल्न सरकारले ४ वर्षभन्दा बढी समयदेखि रोक लगाएको थियो । अहिलेसम्म विभागबाट २४ वटा नयाँ म्यानपावर खोल्न व्यवसायीहरुले लाइसेन्स लिइसकेका छन् ।
७ सय ५६ वटा म्यानपावरले यसअघि अनुमति पाएका थिए भने नया...
