फाईल तस्वीर

गोरखा। गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ ।

बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए । धनसिरा माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका मतदान अधिकृत उज्ज्वल गिरी, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट, सशस्त्र प्रहरी र स्थानीयवासीले चालक तामाङलाई उद्धार गरेका हुन् ।

Advertisement

“पहिरोले आधा शरीर पुरिएका चालक तामाङलाई हामीले सकुशल उद्धार ग¥यौँ”, मतदान अधिकृत गिरीले भन्नुभयो, “गोडा, घुँडालगायत ठाउँमा चोट लागेका तामाङलाई मतदानस्थलमै प्राथमिक उपचार गरिएको छ ।”

चालक तामाङको अवस्था सामान्य रहेको गिरीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पहिरोले पुरिएर सामान्य घाइते भएका चालक तामाङको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!