काठमाडौैं । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ ।

Advertisement

निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव गर्ने प्रस्ताव गरेका कारण उक्त मितिबारे आयोगमा छलफल भइरहेको छ ।

निर्वाचन आयोगले भने असार १४ गतेको प्रस्ताव अघि सार्ने सम्भावना छ । १३ गते रमजान सकिने र १५ गते राष्ट्रिय धान दिवस भएकाले असार १४ गते दोस्रो चरणको चुनाव गर्नु उपयुक्त हुने मत आयोगमा देखिएको छ ।

यद्यपि यसबारे कुनै निर्णय भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!