रत्ननगर (चितवन) । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राजकुमार गुरुङ र सोही ठाउँका २८ वर्षीय सुरेश सिलवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

भुजेलको अहिले पनि गम्भीर अवस्थामा भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै चितवनको रामपुरस्थित मकैवाली अनुसन्धान केन्द्रको परिसरमा प्रहरी जवान आकाश पासवानमाथि हातपात गर्नेलाई समेत आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो घटनापछि फरार भएकामध्ये भरतपुर–१९ का विश्वजित राना, नीरज दाहाल, शक्तिमोहन गुरुङ र मिलन शाहीलाई पक्राउ गरिएको श्रेष्ठले आज जानकारी दिनुभयो ।

उनीहरुले गाँजा सेवन गरी बसेका सात जना व्यक्तिले घेरा हाली ढुङ्गा हानेर प्रहरीलाई घाइते बनाएका थिए ।

उनीहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको र अन्य फरारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!