काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ ।

उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उहाँहरुले प्रस्ताव फिर्ता लिनुभएको हो ।

‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अङ्गहरुका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सांसदद्वयले सभामुखलाई दिएको सूचनामा जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!