काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । यो समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिनेछ ।

Advertisement

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो । लगत्तै निर्वाचन अधिकृतले मतगणना रोकेर मतपत्र च्यातेको रिपोर्ट केन्द्रमा पठाएका छन् ।

यसबारे छलफल गर्न सोमबार बसेको निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको छ । सहमहान्यायाधिवक्ता गीताप्रस्ााद तिमल्सिनाको नेतृत्वको समितिमा गृह मन्त्रालयका प्रतिनिधि र नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक रहनेछन् ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘छानविन समिति आजै जान्छ र छानविन गरेर रिपोर्ट बुझाउनेछ ।’

छानविन समितिको रिपोर्टका आधारमा आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना हुने छैन ।

ऐनको दफा ५० को उपदफा ४ मा यदि अनधिकृत तवरले मतगणनास्थल कब्जा भएको पाइए कब्जाबाट असर परेका मतदान केन्द्रहरुको मतपत्रहरु बदर भएको घोषणा गर्ने र पुनः मतदान गर्ने व्यवस्था छ ।

मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी चितवनले वडा नम्बर १९ को पुनः मतदान गर्न माग गरेका छन् । एमालेले भने च्यातिएका मतपत्रहरुलाई अलग गरेर मतगणना पुनः सुचारु गर्नुपर्ने माग गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!