गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ डाम्हीमडै बस्ने एक वृद्ध २० दिनदेखि बेपत्ता भएका छन् ।

Advertisement

वैशाख २५ गते भतिजीको बिहे हेर्न घरबाट धनुषाको जनकपुरधामस्थित मसालाकटेजमा गएका ७० वर्षीय महेन्द्र ठाकुर बिहे कार्यक्रमबाटै अचानक हराएका छन् ।

भतिजीको बिहे चलिरहेकै बेला राति ३ बजेतिर वृद्ध ठाकुरले विवाहस्थलको छेउमै रहेको गाउँले छिमेकीको घरमा सुत्न भनी गएकोमा उनी हालसम्म फेला नपरेको निजका भतिजा अनिल ठाकुरले बताउनुभयो ।

बिहेको भोलिपल्ट बिहानै उनको खोजी हुँदा उनी छिमेकीको घरमा नपुगेको सुनेपछि आफन्त सबैले खोजबिन गर्दा उनी जनकपुरको कुनै पनि ठाउँमा फेला नपरेको साथै गाउँमा समेत नआएपछि उनलाई खोज्न स–परिवार, आफन्त सोही दिनदेखि चिन्तित भएको उनका नाति सन्तोष ठाकुरले बताउनुभयो ।

बीस दिनदेखि उनका घरका सबै सदस्य, छिमेकी, आफन्त सबैले उनलाई महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिन्धुली र भारतका सीतामढी, मधुबनी जिल्लाको प्रत्येक गाउँठाउँ पुगिसके पनि उनको कुनै अत्तोपत्तो नलागेको परिवारजनले बताएका छन् ।

वृद्ध ठाकुरका परिवारजनले महोत्तरीको सञ्चारकर्मी समक्ष उनी हराएकोबारे समाचार प्रकाशन प्रसारण गरेर उनको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!