काठमाडौं । नेपाली कांग्रेसले सहमतीय सरकारको नेतृत्व दाबी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा रहेका दलहरुको बैठक बोलाएर आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेका हुन् ।

Advertisement

यद्यपि देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रहृयो ।

संसद भवनमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठनको प्रस्ताव गरे ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससँग भएको समझदारी अनुसार नै आफूले राजीनामा दिएको र अब आफ्नो समर्थन कांग्रेसलाई भएको बताए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सहमतिप्रति आफूहरु प्रतिवद्ध रहेको बताए । तर, सरकारको नेतृत्वबारे कांग्रेस खुला रहे आफूहरु त्यसमा पनि तयार हुने बताए ।

संसदको  चौथो ठूलो दल राप्रपा पनि कांग्रेसको नेतृत्वमा सरकार गठनप्रति सकारात्मक देखिएको छ । राप्रपा अध्यक्ष कमल थापाले आफ्नो दलको मत प्रतिपक्ष हुनु पर्छ भन्ने रहेको भन्दै तीन दल मिलेर सरकार बनाए आफूहरु प्रतिपक्षमा बस्ने बताए ।

तर, कांग्रेसको नेतृत्वमा बहमुतीय सरकार गठनप्रति आफूहरु सकारात्मक रहेको उनले बताए । सरकारमा सहभागिताका लागि दुई दलबीच छलफल हुने पर्ने उनले बताएका छन् ।

बैठकमा राजपा नेताहरुले आफूहरुको माग सम्बोधन हुनु पर्ने बताएका छन् भने प्रचण्ड सरकारमा रहेका अधिकांश दलले कांग्रेसलाई समर्थन गर्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!