काभ्रे । अत्याधिक वर्षाका कारण साविक उग्रचण्डी नाला हाल बनेपा नगरपालिका– ३ र ४ मा उत्पादित सागपातको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका हुन् ।

Advertisement

उत्पादित सागपातमा पानीले क्षति पु¥याएका कारण किसानले उचित मूल्य नपाएका हुन् । लगातारझरिका कारण उत्पादन बढेपनि पानीले सागपात नै कुहिने अवस्थामा पुगेको स्थानीय सरस्वती बजगाईंले बताउनुभयो ।

आफूले लगाएको सागतपातमध्ये काउली र बन्दामा पानीले अत्याधिक क्षति पु¥याएकाले उत्पादन राम्रै भएपनि कुहिने समस्या बढेकाले बिक्री गर्न समेत कठिन भएको उहाँले बताउनुभयो ।

यस्तै समस्या अन्य कृषलार्य पनि परेको छ पानीले गर्दा सागपात कुहिएपछि लगानी समेत उठाउन समस्या भएको यहाँका अर्का किसान नमराज बजगाईंले बताउनुभयो । अन्य तरकारीको दाजोमा मुलामा भने खासै घाटा नभएको उहाँले बताउनुभयो । पानीका कारण सागपातकोे मूल्यमा कमी आएपनि व्यापारीले तिनको उचित मूल्य नदिएका हुन् ।

बनेपा– ४ स्थित उग्रचण्डी कृषि बजारमा हाल अत्याधिक वर्षाका कारण सागतपातको मूल्यमा उच्च गिरावट आएको छ । केही समयअघि २५ रुपैयाँमा खरिद गर्ने गरेको सागपात तत्काल कुहिने समस्याका कारण १० रुपैंयासम्म पनि दिन नसक्ने स्थानीय व्यापारी सुन्दर पराजुलीले बताउनुभयो ।

हाल बजारमा मुला प्रतिकेजी रु १५, काउली रु १० र बन्दा रु ७ मा बिक्री भइरहेको छ । उक्त बजारमा बनेपा नगरपालिकालगायत धुलिखेल नगरपालिका र मण्डन देउपुर नगरपालिका समेतको सागपात खरिद बिक्री हुँदै आइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!