भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतबार बेलुकी एक बालिकाको स्थानीय कालानी सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ ।

Advertisement

शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीया सगुन धामीको सिँचाइको नहरमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो । नहरमा पानी परेर तलाउ बनेपछि बालिका नुहाउन गएकी थिइन ।

धामीसँगै गएका अन्य एक बालिका भने सकुशल रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

पानीमा डुबेर घाइते अवस्थामा रहेकी धामीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!