काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा गत सोमबार भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाका आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

Advertisement

धार्मिक भ्रमणमा निस्केका धर्मावलम्बीप्रति भएको आतङ्ककारी आक्रमणको पार्टीले निन्दा गरेको जनाइएको छ ।

भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा आतङ्कवादीबाट भएको सो आक्रमणमा परी भारतका सात तीर्थयात्री मारिनाका साथै केही घाइते भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!