काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ।

बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ। निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन ९प्याब्सन० का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको बताए।

Advertisement

सो पार्टी निकट अनेरास्ववियु क्रान्तिकार का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!