दाङ । दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसँगै अपरणमा पर्नुभएका घोराहीका रणबहादुर घर्तीको पनि हत्या भएको प्रहरीले जनाएको छ ।
राप्ती अञ्चल प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहकाअनुसार श्रेष्ठको हत्या हुनुभन्दा आधा घण्टा अघि घर्तीको हत्या भएको अभियुक्तहरुले बयान दिएको बताउनुभयो ।
उनीहरुले रणबहादुरसंग पैसा असुल्ने उद्देश्य नभई आफूहरुसंग विवाद भएपछि वास्तविकता बाहिर आउने डरले हत्या गरेको बयानमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो ।
श्रेष्ठको जेठ २६ गते अपहरण गरी सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जङ्घगलमा लगेर हत्या गरिएको थियो भने घर्तीको शव पनि त्यहीँ आसपासमा रहेको पक्राउ परेकाहरुले बयान दिएका थिए ।
सो घटनामा हत्याका योजनाकारलाई पनि प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको थियो ।