कुमारी बैंक र रोडीयो क्याफेबीच सम्झौता, कार्डबाट भुक्तानी गर्दा छुट पाइने

कुमारी बैंक र रोडीयो क्याफेबीच सम्झौता, कार्डबाट भुक्तानी गर्दा छुट पाइने

काठमाडौं । काठमाडौंको खुसिबूस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडमा ग्राहकहरुले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाउँने भएका छन् । ग्राहकहरुलाई छुट दिने बिषयमा कुमारी बैंक लिमिटेड र क्याफेबीच सम्झौता भएको हो । कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र रोडीयो क्याफ एण्ड बारका निर्देशक सुचित्रा महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौत...
पाँच बर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा उपप्राध्यापक पक्राउ

पाँच बर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा उपप्राध्यापक पक्राउ

जनकपुरधाम । पाँच बर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्राध्यापक कपिलदेव मण्डल पक्राउ परेका छन् । जनकपुरधाम–८ की वालिकालाई यौन शोषण गरेको आरोपमा स्थानीय ५१ बर्षीय उपप्राध्यापक मण्डललालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित वालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि मण्डललाई प्रहरीले पक्राउ गरेको हो । गणेश पूजाको मौका छोपेर ...
दशैंको आठौं दिन आज महाअष्टमी मनाइदै

दशैंको आठौं दिन आज महाअष्टमी मनाइदै

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइदैछ । आश्विन शुक्ल अष्टमीका दिन महाअष्टमी मनाइन्छ । दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा महाअष्टमी मनाउँने चलन छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न श...
च्याङ्ग्राको मूल्य छोइनसक्नु, खसी-बोकाको माग बढ्यो

च्याङ्ग्राको मूल्य छोइनसक्नु, खसी-बोकाको माग बढ्यो

कास्की । दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ । व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पुर्याउँछन्। बजारमा च्याङ्ग्रा देख...
जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कास्की । कास्कीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरबाट मोदी खोलामा खसेको हो । दुर्घटनामा परी जीपका चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुँन वाँकी छ । जीपमा ९ जना सवार थिए । १ जना भने भीरमा अड्किएर बाँचेका छन् । दशैंका बेला घान्द्रुक घुम्न जाँदै गरेका बेला जीप दुर्घटन...
मन्त्री बनेको तीन दिनमै हमालले दिए राजीनामा

मन्त्री बनेको तीन दिनमै हमालले दिए राजीनामा

काठमाडौं । नवनियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्त भएको तीन दिन नबित्दै आज पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै आलोचना भएपछि मन्त्री हमालले राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहान राजीनामा बुझाएका छन् । प्रधानमन्त्री देउवाले उनलाई असोज २२ गते ...
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएक...
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नुवाकोट । नुवाकोटमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ । लिखु गाउँपालिका–४ चौघडा रानिबासकी ३२ वर्षीया सुशिला राईको हत्या आरोपमा उनका श्रीमान ३५ वर्षीय राजकुमार राई पक्राउ परेका हुन् । घरायसी विवादका क्रममा राजकुमारले सुशिलामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनी गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको थियो । उपचारकै ...
सुरु भयो बडादशैं, आज घटस्थापना

सुरु भयो बडादशैं, आज घटस्थापना

विराटनगर । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत निर्धारण गरेको छ । १० दिनसम्म धुमधामपूर्वक मनाइने दसैंको पहिलो दिन घटस्थापना गरिन्छ । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने चलन छ । आज बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अ...
छोरी जन्माउने आमालाई सम्मान

छोरी जन्माउने आमालाई सम्मान

काभ्रे । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले न...
अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने विराटनगरका निरौला पक्राउ

अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने विराटनगरका निरौला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउने विराटनगरका ४१ बर्षीय मणि निरौलालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्दै आएका २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रे...
पानीबाट उपचार गर्ने नेपालकै पहिलो अस्पताल बन्दै

पानीबाट उपचार गर्ने नेपालकै पहिलो अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन स...
चालक अनुमति पत्रमा संघ र प्रदेशको छुट्टा-छुट्टै नियम

चालक अनुमति पत्रमा संघ र प्रदेशको छुट्टा-छुट्टै नियम

काठमाडौं । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ । वाग्मती प्रदेश सरकारले बनाएको ऐनमा भने १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्था छ । यसैगर...
जापानले दियो नेपाललाई ६ वटा एम्बुलेन्स

जापानले दियो नेपाललाई ६ वटा एम्बुलेन्स

काठमाडौं । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे...
यातायातका विचौलिया पक्राउ

यातायातका विचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी ...
ट्याक्स हेभन मुलुकमा १६ नेपालीको लगानी

ट्याक्स हेभन मुलुकमा १६ नेपालीको लगानी

काठमाडौं । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ । अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिदबिक्रीको खुलासा आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ...
अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले गर्यो उद्धार

अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले गर्यो उद्धार

सप्तरी । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमा अन्तर्गत रामनगर कोदरकट...
सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्री खाँणको निर्देशन

सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले नागरिकलाई अनुभूत हुने गरी सुरक्षा व्य...
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ । थुनामा रहेका प्रतिवादी छुटाउन उनका आफन्तबाट र थुनामा रहेकासम...
दसैंमा कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा दराज अनलाइनमा छुट पाइने

दसैंमा कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा दराज अनलाइनमा छुट पाइने

काठमाडौं । नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्धन गर्न कुमारी बैंक लिमिटेडले दराज अनलाइनसँग छुट सम्बन्धि सम्झौता गरेको छ । बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग छुट सम्बन्धि सम्झौता गरेको जनाएको छ । कुमारी बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा असोज १० गतेदेखि १८ गतेसम्म सामान खरिद गर्दा अग्रिम ...
पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा ६ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका ...
वडा कार्यालयको शौचालयमा शव फेला

वडा कार्यालयको शौचालयमा शव फेला

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ८ स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जा...
नारायणहिटी दरबार संग्रहालयबाट राजाको श्रीपेच चोर्ने प्रयास, एक जना पक्राउ

नारायणहिटी दरबार संग्रहालयबाट राजाको श्रीपेच चोर्ने प्रयास, एक जना पक्राउ

काठमाडौं । राजा हटेपछि नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको राजाले लगाउँने गरेको श्रीपेच चोर्ने प्रयास भएको छ । शुक्रबार श्रीपेच चोर्ने प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । संग्रहालय अवलोकनका लागि भन्दै पसेका रुकुम मुसिकोट नगरपालिका–११ घर भई काठमाडौंको म्हेपीमा बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेका थिए । उनले संग्रहालयम...
एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : पूर्व गृहमन्त्री थापा

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : पूर्व गृहमन्त्री थापा

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारण...
महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिँदै कुमारी बैंक

महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिँदै कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेडले महिला हिंसा न्युनीकरण तथा प्रतिकार गर्न महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षणको व्यवस्था मिलाएको छ । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ को उद्धेश्यसहित बैंकले २० औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरुमा महिलाहरुलाई प्रशिक्षणको व्यवस्था मिलाएको हो । महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प...
चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि ...
सुन लुट्न हजुरआमाको हत्या, नाति पक्राउ

सुन लुट्न हजुरआमाको हत्या, नाति पक्राउ

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनका नाति २३ वर्षीय सुवास जप्रेललाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहारबाट रिखीदेवीको हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सो...
बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया । बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । गए राति १० बजेतिर एक जनालाई करेन्ट...
आजदेखि कक्षा १२ को परीक्षा

आजदेखि कक्षा १२ को परीक्षा

बिराटनगर । कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीको भौतिक उपस्थितीमै सञ्चालन हुँने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको छ । ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको...
महिला र पुरुष दुबैले गर्नुपर्ने तीज व्रत

महिला र पुरुष दुबैले गर्नुपर्ने तीज व्रत

काठमाडौं। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । भाद्र शु...
दुई दिनसम्म मनसुन सक्रिय हुने

दुई दिनसम्म मनसुन सक्रिय हुने

काठमाडौं । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइ...
error: Content is protected !!