शुक्रबारदेखि हिमपातको सम्भावना

शुक्रबारदेखि हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्र...
आगोले जलेर दिदी–बहिनीको मृत्यु

आगोले जलेर दिदी–बहिनीको मृत्यु

सर्लाही । सर्लाहीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरयाका जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले ...
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ५०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्यसमेत प्रतितोला ५०० रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता च...
कामका लागि भारत गएका १६५ बेपत्ता

कामका लागि भारत गएका १६५ बेपत्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अ...
देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह

देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ५.४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘यस्तो अवस्थामा...
श्रीमतीको हत्या गरी आफैं प्रहरी कार्यालय पुगे श्रीमान

श्रीमतीको हत्या गरी आफैं प्रहरी कार्यालय पुगे श्रीमान

बुटवल । श्रीमतीको हत्या गरी फरार रहेका रूपन्देहीको सैनामैनाका सुकुम भनिने सन्तबहादुर घर्ती आफैं प्रहरी कार्यालय पुगेका छन् । घर्तीले शुक्रबार बिहान आफ्नै श्रीमती ३६ वर्षीया खुमा घर्तीलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । सैनामैना–८ बाँसगढी घर भएकी खुमा शुक्रबार बुटवल–११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिइन् । दिदीको घरमा रहेका बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुर...
जानकी मन्दिरमा २२ जोडीको सामूहिक विवाह

जानकी मन्दिरमा २२ जोडीको सामूहिक विवाह

धनुषा । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो । सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको व...
‘सिरियल किलर’ पक्राउ

‘सिरियल किलर’ पक्राउ

सप्तरी । हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक ट...
आज विवाह पञ्चमी मनाइँदै

आज विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिप...
जुम्लामा एमबिबिएस कक्षा सुरु

जुम्लामा एमबिबिएस कक्षा सुरु

जुम्ला । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरूआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने ध्येयले विसं २०६८ मा जुम्...
रकम दोब्बर दिन्छु भन्दै ठगी, दुई जना पक्राउ

रकम दोब्बर दिन्छु भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए । प्रहरीले सो कार्यमा संलग्न रहेको...
कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाफल प्रकाशन गरेको हो । नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये ७ हजार ६३ विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् । परीक्षाफल अनुसार ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, ...
हेलिकप्टर चार्टर्ड गरेर छोराको विवाह

हेलिकप्टर चार्टर्ड गरेर छोराको विवाह

विरगंज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन्। जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्। सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकप्टर चार्टर्ड गरेका थिए। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छो...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँने

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँने

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाफल प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाफल प्रकाशनका बिषयमा छलफल गर्न आज बिहान ९ बजे परीक्षा बोर्डको बैठक डाकिएको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा मुलुकभरबाट ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा रघुगंगा गाउँपालिका–१ की वडा सदस्य गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बलबहादुर विक, म...
एकै परिवारका तीन जना मृत फेला

एकै परिवारका तीन जना मृत फेला

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ...
अगुल्टोले हानेर हत्या

अगुल्टोले हानेर हत्या

बझाङ । जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टोले हान्दै कुटपिट गरेका थिए । घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प...
नेपालको जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान

नेपालको जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पुसदेखि जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महि...
मामाको हत्या आरोपमा भान्जा पक्राउ

मामाको हत्या आरोपमा भान्जा पक्राउ

काठमाडौं । काठमाडौंमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–५ का ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनका भान्जा १९ वर्षीय मिलन लुङ्गेनी मगरलाई प्रहरीले पक्राउ परेको हो । महानगरीय अपराध महाशाखाका अनुसार बुधबार लुङगेनीले आफूसँगै बस्ने मामालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो । लुङ्गेनीलाई धा...
अनियमितता रोक्ने जिम्मेवारी कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

अनियमितता रोक्ने जिम्मेवारी कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, “अख्तियारले भ्रष्ट...
सामुदायिक वनमा भेटियो मानव कङ्‍काल

सामुदायिक वनमा भेटियो मानव कङ्‍काल

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्‍काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्‍काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्‍कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेक सर्ट र झोलाका आधारमा प्रहरीले कङ्‍काल पहिचानको प्रयास गर...
गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु

गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत...
शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

बुटवल । शौचालय जाने क्रममा लडेर बुटवल उप–महानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । आज दिउँसो आफ्नै घरको शौचालयमा जाने क्रममा लडेर ७३ बर्षीय बस्यालको मृत्यु भएको हो । उनी शौचालय जाँने क्रममा लडेर बेहोस भएका थिए । उनलाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको भन्दै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनी क्यान्सर रो...
देशभर चिसो बढ्यो, अधिकांश क्षेत्रमा औसतभन्दा कम तापक्रम

देशभर चिसो बढ्यो, अधिकांश क्षेत्रमा औसतभन्दा कम तापक्रम

काठमाडौं । मूलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ । अक्टो...
रोल्पामा बस दुर्घटना: चार जनाको मृत्यु, ११ घाइते

रोल्पामा बस दुर्घटना: चार जनाको मृत्यु, ११ घाइते

विराटनगर । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–२ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिव १०० फिट तल खसेको छ । बसमा करिव २० जना सवार रहेको प्रहरीको अनुमान छ ।
आज काठमाडौंमा यो वर्षकै बढी चिसो

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं को न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौं को न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौं उपत...
आज हरिबोधिनी एकादशी : तुलसीको दामोदरसँग विवाह गरी मनाइँदै

आज हरिबोधिनी एकादशी : तुलसीको दामोदरसँग विवाह गरी मनाइँदै

काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा...
प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने

विराटनगर । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवराको राजीनामा माग गर्दै नेपाल वार एशोसिएशनले जारी राखेको आन्दोलनका कारण आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने भएको छ । प्रधानन्यायधीश जवराले राजीनामा नदिएपछि उनलाई दवाव दिन देशभरका बार इकाइबाट विरोध प्रदर्शन गर्न लागिएको हो । बार एशोसिएशनले देशभर दिउँसो दुई घण्टा कालो पट्टी बाध्ने र धर्ना दिने कार्यक्रम राखेको छ । यो आन्दोलन तीन दिन सम्म चल्ने एशोस...
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए सपथ

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिम प्रदेशका देवराज जोशीले शपथ लिएका हुन् । बिहिबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जना प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा ...
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेकपाले घोषणा गर्यो नेपाल बन्द

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेकपाले घोषणा गर्यो नेपाल बन्द

विराटनगर । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दसहितका विरोधका कार्यक्रम घोषणा गरेको छ । नेकपाले कात्तिक २५ देखि ३० गतेसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । कात्तिक २५ गते दिउँसो ३ बजे देशब्यापी विरोध प्रदर्शन, २६ गते प्रचारप्रशार र मशाल जुलुश, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन र २...
error: Content is protected !!