संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौंको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।

काठमाडौं महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Advertisement

उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!