आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण  औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै ...
केएमसीमा तीज विशेष कार्यक्रम

केएमसीमा तीज विशेष कार्यक्रम

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार हरितालिका तीज विशेष कार्यक्रम गरिएको छ । तीज गीतमा नाचगान तथा शुभकामना आदान–प्रदान गरी स्वास्थ्य सावधानी अपनाउँदै तीज मनाइएको हो । महिला डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई लक्षित गरी केएमसीले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा केएमसीका हस्पिटल डाइरेक्टर डा. सुमन कुमार श्रेष्ठ र जेनेरल मेनेजर नारायण दाहाल लगायतले मन्तव...
अझै उठ्न सकेन काठमाडौंका मुख्य चोकको फोहर

अझै उठ्न सकेन काठमाडौंका मुख्य चोकको फोहर

काठमाडौं । चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौंका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजार लगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ । नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ...
कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन परीक्षण शिविर

कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन परीक्षण शिविर

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरेको छ । काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरिएको हो । कोरोना संक्रमण बढिरहेको अवस्थामा संक्रमणलाई केही हदसम्म न्यूनीकरण गर्न निःशुल्क एन्टिजेन टेस्ट् क्याम्प गरिएको बैंकले जनाएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन परीक्षण गराउने व्यक्तिक...
सीमा नाकामै कोरोनाविरुद्धको खोप

सीमा नाकामै कोरोनाविरुद्धको खोप

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । “एक साता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप...
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

विराटनगर । आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । आ...
‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

विराटनगर । बलिउड कलाकार तथा ‘बीग बोस’ बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातका कारण ४० बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थले केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी खाएका थिए भन्ने भन्ने नखुलेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार उनको शव अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शवको पोस्टमार्टम गरिनेछ ...
घाँस काट्न गएकी १५ वर्षीया बालिका बलात्कृत: एक जना पक्राउ, दुई फरार

घाँस काट्न गएकी १५ वर्षीया बालिका बलात्कृत: एक जना पक्राउ, दुई फरार

रौतहट । रौतहटमा घाँस काट्न गएकी १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् । तीन जना मिलेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् । माधवनारायण नगरपालिका–३ का २५ वर्षीय किशन सहनी पक्राउ परेका हुन् । सहनी र अरु दुई जना मिलेर बालिकालाई घाँस काट्न गएको बेला डर, त्रास देखाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दलित समुदायकी ती बालिकालाई उनीहरुल...
डाक्टर बनिन् जेवा खातुन

डाक्टर बनिन् जेवा खातुन

राजविराज । अभिभावकले हौसला दिए सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन्- सप्तरीकी जेवा खातुन। पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि परेका छन्। तर खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छन्। उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी छन्। सप्तरीको खड्क नगरपालिका–८ कल्याणपुरकी फिरोज खान र यास्मिन सुल्तानकी छोरी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्त...
सात वटै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेका छौं : मन्त्री श्रेष्ठ

सात वटै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेका छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए । उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त...
कमजोर हुँदै मनसुन

कमजोर हुँदै मनसुन

काठमाडौं । विगत केही दिन यतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएसँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान...
तीन दिनसम्म भारी बर्षाको सम्भावना

तीन दिनसम्म भारी बर्षाको सम्भावना

विराटनगर । आजदेखि तीन दिनसम्म भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको हो । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको तीन दिन भारी वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लु...
कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबीच सम्झौता

कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबीच सम्झौता

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबिच सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य र क्लिनिकका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा कुमारी बैंक...
‘मैले दश महिनाको शिशुलाई अपहरण गरी बेपत्ता पारेँ’

‘मैले दश महिनाको शिशुलाई अपहरण गरी बेपत्ता पारेँ’

जुम्ला । यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका–१९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज)लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् । प्रहरी निरीक्षक नवीन थापाले भने, “आफ्नो घर नजिकै रहेको पसल...
सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन

काठमाडौं । सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यवसायिक कामको जानकारी सरकारी निकायमा नभएको स्पष्ट पारेको छ । इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प...
आज जनै पूर्णिमा

आज जनै पूर्णिमा

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट ...
कर असुल्न पञ्चेबाजासहित टोलटोलमा काठमाडौं महानगर

कर असुल्न पञ्चेबाजासहित टोलटोलमा काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक...
मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ। ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ। पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ। वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल ...
शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना घाइते

शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना घाइते

कञ्चनपुर । लामो समयदेखि शिक्षक दरबन्दी मिलान लगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको आरोप...
मनसुन अझै सक्रिय, तीन दिन वर्षा हुने

मनसुन अझै सक्रिय, तीन दिन वर्षा हुने

  काठमाडौं । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा म...
राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको मृत्यु

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको मृत्यु

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा उनको मृत्यु भएको हो । उनमा दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाल एपिएफ अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन संविधानसभा सदस्यसमेत हुन् ।  उनी मिडिया सोसाइटीका पूर्व अध्यक्ष, बैदेशिक रोजगार व्यवस...
पहिरोले घर पुर्दा चार जना बेपत्ता

पहिरोले घर पुर्दा चार जना बेपत्ता

रसुवा । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडामा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् । श्यामबहादुर भने घाइते अवस्थामा भेटिएकाले उनलाई उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर द...
पाटन दरबारमा बिना मास्क प्रवेश निषेध

पाटन दरबारमा बिना मास्क प्रवेश निषेध

  ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै मंगलबारदेखि सो  व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिना मास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यान...
विद्रोही समूह तालिबानले कब्जा गर्यो अफगानिस्तान, देश छोडेर भागे राष्ट्रपति

विद्रोही समूह तालिबानले कब्जा गर्यो अफगानिस्तान, देश छोडेर भागे राष्ट्रपति

काबुल । विद्रोही समूह तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएको छ । तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका छन् । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएका बेला साँझ तालिवानहरु राष्ट्रपति कार्यालय प्रवेश गरेका हुन् । यता, राष्ट्रपति असरफ घानी भने देश छोडेर भागेका छन् । राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन् । उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएक...
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धन सम्बद्ध दलका नेताहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा सं...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेको हो । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिनेछ । नेपाल टेलिकममार्फत १६०० र एनसिएलबाट १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ । परीक्षाफल www.see.gov.np,  www.neb.gov.np,  www.theconnectplus.com,  www.see.edusanjal.com,  www.s...
एसईईको नतिजा आज आउँने

एसईईको नतिजा आज आउँने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने भएको हो । एसईई २०७७ को सो नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिनेछ । नेपाल टेलिकममार्फत १६०० र एनसिएलबाट १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ । परीक्षाफल www.see.gov.np,  www.neb.gov.np,  www.theconnectplus.com, ...
बँदेल मार्न थापेको पासोबाट करेन्ट लाग्दा दाजुभाईको मृत्यु

बँदेल मार्न थापेको पासोबाट करेन्ट लाग्दा दाजुभाईको मृत्यु

बैतडी । बैतडीमा बँदेल मार्न थापेको पासोबाट करेन्ट लाग्दा दाजुभाईको मृत्यु भएको छ । मकैबारीमा आउँने जंगली बँदेल मार्न छोडिएको तारबाट करेन्ट लाग्दा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो । उनीहरु सहोदर दाजुभाई हुन् । प्रहरीका अनुसार घर नजिक मकैबारीमा जंगली बँदेललाई पासो थाप्न तार छोडिएको थियो । सोही तारबाट बुधबार राती करिब ९ बजे उनीहरुलाई करेन्ट...
कुलमान घिसिङ्गलाई पुनः विद्युत प्राधिकरणमा ल्याउँने तयारी

कुलमान घिसिङ्गलाई पुनः विद्युत प्राधिकरणमा ल्याउँने तयारी

काठमाडौं । विद्युत प्राधिकरणमा रहदा लोडसेडिङ्ग मुक्त गरेर सर्वाधिक चर्चा कमाएका कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउँने तयारी थालिएको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा मन्त्री पम्फा भुसाललाई मंगलबार बालुवाटार वोलाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने प्रकृया अघि बढाउँन निर्देशन दिएको वालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको निर्देशनपछि उर्जामन्...
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

धादिङ । दक्षिणी धादिङमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । विकले कोदालो र हसियाँले हानेर खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको हत्या गरेपछि आफूलेसमेत डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ...
सिन्धुपाल्चोकमा पुनः बाढीको वितण्डा

सिन्धुपाल्चोकमा पुनः बाढीको वितण्डा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । भारी बर्षाका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएको बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगाएको प्रहरीले जनाएको छ । ग्याल्थुम बजारका ४० घर जोखिममा छन् । त्यस्तै, चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम...
error: Content is protected !!