चिसो बढेपछि तराईको जनजीवन प्रभावित
धनुषा । अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसोका कारण बालबालिका र बृद्ध–बृद्धा बढी प्रभावित भएका छन् ।
चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिसो बढ्दै जाँदा बालबालिका, बृद्ध–बृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् ...




























