- संगालोखबर सम्वाददाता

काठमाडौँ । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउँने ग्यासको मूल्य बढेको छ । आइतवार राती १२ बजेबाट लागू हुँने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको हो ।

Advertisement

मूल्यबृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य पनि बढेको छ । ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँका दरले मूल्यबृद्धि गरिएको हो । भाउ बढेपछि अब ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!