मतदानको पूर्वसन्ध्यामा धनुषाका प्रहरी प्रमुख हेरफेर
काठमाडौं, १ अशोज । स्थानीय तह चुनावको लागि मतदानको पूर्वसन्ध्यामा धनुषा जिल्लामा प्रहरी प्रमुख हेरफेर भएको छ ।
धनुषाको प्रहरी प्रमुख रहेका एसपी लालमणी आचार्यलाई हेडक्वार्टरको आतंकवाद नियन्त्रण शाखामा तानिएको छ भने एसपी चक्रबहादुर सिंहलाई नयाँ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।
एसपी सिंहले कमाण्ड सम्हालिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले पुष्टि गरे ।
यसअघि प्रहरी हेडक्वार्टरले गर...
























