नयाँ दिल्ली, २ असोज । भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन्। असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा पाँच बालबालिका र दुई नाबालक समेत रहेका जनाइएको छ।

आसाम राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा यो दुर्घटना भएको थियो ।

 आइतबार भएको डुंगादौड प्रतियोगिता हेरेर आ–आफ्ना घर फर्किरहेका व्यक्तिहरू सो दुर्घटनामा परेका जनाइएको छ । गत हप्ता पनि उत्तर प्रदेशमा भएको एक दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको थियो ।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!