रौतहट, २ असोज । रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।

उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले नागरिकन्युजलाई बताए।

दलका प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले सबै प्रतिनिधिलाई बाहिर जान आदेश दिए।

तर उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले नागरिकन्युजलाई बताए।

प्रहरीको हवाइ फायरपछि भिड तितरबितर भएको थियो। घटनाको करिब १० मिनेटपछि फेरि दलका प्रतिनिधिलाई छलफलमा बोलाएर मतदान सुचारु गरिएको पोखरेलले जानारी दिए।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!