महोत्तरी, २ असोज । स्थानीय तहको तेस्रो चरण चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवार पक्राउ परेका छन् ।

बिहान सोनमा गाँउपालिका–८ सिंहासनी मावि मतदान केन्द्रमा दुईतर्फी झडप भएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

Advertisement

मतदान केन्द्र बाहिर स्थानीय सरोज यादव र गाउँपालिकाका अध्यक्षका स्वतन्त्र उम्मेदवार राजवीर यादवबिचको सामान्य भनाभनले  हातहालसम्मको स्थितिआएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो ।

अहिले मतदानस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । अहिले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!